पुन : किन बसिदैँ छ, केन्द्रीय कमिटी बैठक ?
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि बस्दै ।
आज अपराह्न १ बजेदेखि बैठक सुरु हुनेछ । बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल हुने जानकारी प्राप्त छ ।
शुक्रबार ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको थियो । प्रतिवेदनमाथि छलफल गर्न ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू,लगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरेको थियो ।
एमालेको विधान महाधिवेशन ललितपुर गोदावरीस्थित सम्मेलन हलमा १५ र १७ गते असोजमा हुँदैछ ।