अरिङ्गालको टोकाइबाट युवकको मृत्यु
दैलेख। दैलेखको ठाँटीकाँधमा अरिङ्गालको टोकाइबाट एक युवकको मुत्यु भएको छ ।
ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो । बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गर्दा अरिङ्गालको टोकाइमा परेका थिए ।
सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिने क्रममा शुक्रबार राति ९ बजे उनको मृत्यु भएको हो ।