८ मंसिर २०८१, शनिबार

चार वर्ष यताकै उच्च लाभांश घोषणा गर्यो कामना सेवा विकास बैंकले



 

काठमाडौं। कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश समेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत ४ वर्ष यताकै उच्च हो ।

 



प्रतिक्रिया दिनुहोस !