८ मंसिर २०८१, शनिबार

राप्तीको चेपाङ मार्गमा बोलेरो पल्टिदाँ १२ जना घाइते



चितवन। राप्ती नगरपालिकाको भण्डारादेखि ५०० मिटर उत्तरतर्फ चेपाङ मार्गमा बोलेरो पल्टिएको हो । सो बोलेरोपल्टिदाँ १२ यात्रु घाइते भएका छन ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ । मंगलबार दिउँसो भण्डाराबाट हात्तिढापतर्फ जादैँ गरेको ना ५ प १६१६ नम्बरको बोलेरो चेपाङ मार्गअन्तर्गत शिखर डाँडा भन्ने स्थानमा पल्टिएको हो ।

उकालो सडकमा बोलेरोको ब्रेकले काम नगरेको र ब्याक भएर भित्तातर्फ पल्टिएको हो।



प्रतिक्रिया दिनुहोस !