७ मंसिर २०८१, शुक्रबार

हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गुम्यो



काठमाडौं। सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट जानकारी प्राप्त भयो। घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएको स्थानीय बाट जानकारी प्राप्त भयो।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते ममनीदेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । ममनीदेवीको हात्तीको आक्रमणबाट मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् ।

केही दिन अगाडि मात्र जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका-२ का एक जनाको समेत मृत्यु भएको थियो । जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !