८ मंसिर २०८१, शनिबार

चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या दुई सय नाघ्यो



भरतपुर । चितवनमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २ सय भन्दा माथि पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म जिल्लामा २०६ जनाको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाको रहेको छ । भरतपुर महानगरपालिका १३१ को मृत्यु भएको हो । यस्तै खैरहनी नगरपालिकाका ११, माडी नगरपालिकाका सात, रत्ननगर नगरपालिकाका २४, राप्ती नगरपालिकाका १८, कालिका नगरपालिकाका १३ र इच्छाकामना गाउँपालिकाका दुई जनाको कोरोनाका कारण मृत्यु भएको हो । जिल्लाका विभिन्न अस्पताल र होमआइसोलेशनमा उनीहरुको मृत्यु भएको जनाएको छ ।

जिल्लाका अस्पतालहरुमा बाहिरी जिल्लाबाट उपचार गर्न आउने सङ्क्रमितको सङ्ख्यामा पनि ठूलो रहेकको छ । उपचारका लागि बाहिरी जिल्लाबाट आएकाहरुमा २६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाका मृतकमध्ये ३२८ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !