नेपालको कोरोना अपडेटः ७ हजार ४२५ जनामा संक्रमण, १८५ को मृत्यु, ७ हजार १३५ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पीसीआर परीक्षणमा ७ हजार २२० र ६०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०५ जना गरी कुल ७ हजार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमलेजानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा.गौतमले काठमाडौँमा १ हजार ८०६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ६८१ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ७ हजार १३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
नेपालमा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १८५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।