कोरोना संक्रमणबाट बाँकेमा थप ८ जनाको मृत्यु
काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको रहेको जनाएको छ ।
मुत्यु हुनेमा कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एकरएक जना गरी आठ जना संक्रमितको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए।
मृत्यु भएका ७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार साँझ मृत्यु भएको हो । उनीमा जेठ ३ गते संक्रमण पुष्टि भएको थियो ।
६० वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३३ वर्षीया महिलाको भेरी अस्पतालमा शनिबार नै मृत्यु भएको हो । ६० वर्षीय पुरुषमा वैशाख १० गते, ३५ वर्षीय पुरुषमा वैशाख १७ गते र ३३ वर्षीया महिलामा वैशाख २८ गते संक्रमण पुष्टि भएको थियो ।
दाङको बबइ गाउँपालिका-२ का ९२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका-१ की ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको ओलीले बताए । ९२ वर्षीय पुरुषमा वैशाख ३१ गते र ४५ वर्षीया महिलामा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका-७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । उनीमा वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो ।
यसैगरी सल्यानको शारदा नगरपालिका-१ का ५० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बहान ६ बजे मृत्यु भएको हो । उनीमा जेठ ४ गते संक्रमण पुष्टि भएको थियो ।