६ पुष २०८१, शनिबार

मध्यावधि चुनाव घोषणापछि कांग्रेस ‘आकस्मिक’ बैठक बस्दै



 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि नेपाली कांग्रेसले आज ‘आकस्मिक’ बैठक बस्न लागेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान साढे ९ बजे डाकिएको जनाएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे पार्टीको साझा धारणा तय गर्दै कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गर्न बैठक बस्न लागेको जनाएको छ ।

संविधानको धारा ७६(५) को सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाले गरेको दाबी नपुगेको भन्दै राष्ट्रपतिले सरकारको सिफारिसमा शुक्रबार मध्यराति नै आगामी कात्तिक र मंसिरमा मध्यावधि घोषणा भएको छ ।

मध्यावधि घोषणाको कांग्रेसका कतिपय नेताले विरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !